२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

‘देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक छ’ : देवराज चालिसे

बिहिवार , माघ २२, २०८२

पाटन (ललितपुर) । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक भएको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई प्रयोग गर्ने क्रम जिम्मेवार राजनीतिक दलहरुबाट भएकामा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको उल्लेख गर्दै विभिन्न राजनीतिक दलहरूबाट विपक्षी उम्मेदवारप्रति घृणा फैल्याउने क्रम बढ्दै गएकामा आपत्ती व्यक्त गरे ।

“पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ, चुनावपूर्व कुनै पार्टीसँग गठबन्धन हुँदैन, भ्रम फैल्याउने कार्यको हामी निवारण गर्छौँ, डबली कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ”, प्रवक्ता चालिसेले भने । देशभरबाट कांग्रेसप्रतिको भरोसा बढ्दै गएको उल्लेख गर्दै उनले विगतमा कांग्रेस नेतृत्वका विभिन्न सरकारका पालामा महत्वपूर्ण कामहरु भएका बताए ।

प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजिनामा दिएर उम्मेदवार बन्नु मानवअधिकारको हिसाबले उचित भए पनि नैतिकताको हिसाबले उचित नभएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट