चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले अबको लडाई कुनै दलसँग नभई देशका विभिन्न समस्यासँग भएको बताएका छन् ।
शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
उनले चुनाबी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिबाद नगर्न अनुरोध गरे । उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे ।
सभापति लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनबासीसंग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस