२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रविको चुनावी दौडमा 'ब्रेक' : आचारसंहिताको कारण देखाउँदै चुनावी कार्यक्रममा रोक

मंगलवार , माघ २७, २०८२

रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चुनावी दौडाहामा नवलपरासी प्रशासनले ब्रेक लगाइदिएको छ।

सोमबार दिनभर रुपन्देहीका विभिन्न ५ वटा निर्वाचन क्षेत्रमा आयोजित विशाल चुनावी सभा र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरेका लामिछाने मंगलबार नवलपरासी जाने कार्यक्रम थियो। तर, स्थानीय प्रशासनले निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै लामिछानेको कार्यक्रमलाई अनुमति नदिएपछि रास्वपाको योजनामा धक्का लागेको छ।

सभापति लामिछाने माघ २७ गते (मंगलबार) पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना गरिएका चुनावी सभाहरूमा सहभागी हुने गरी समय तय गरिएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनको मुखमा हुन लागेका यस्ता कार्यक्रमहरूले आचारसंहिता उल्लंघन गर्ने दाबी गरेको छ।

यसअघि लामिछानेले आइतबार पूर्वी नवलपुर र पश्चिम नवलपरासीका केही क्षेत्रमा चुनावी कार्यक्रम सम्पन्न गरिसकेका थिए। सोमबार उनले रुपन्देहीलाई केन्द्रित गर्दै आफ्ना उम्मेदवारहरूको पक्षमा जनमत बटुल्न दिनभर कसरत गरेका थिए। मंगलबार नवलपरासीको कार्यक्रम सकेर उनी आफ्नो निर्वाचन क्षेत्र रहेको चितवन फर्कने तयारीमा थिए।

निर्वाचन आउन अब २३ दिन मात्र बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताहरू देशव्यापी दौडाहामा छन्। लामिछानेले पछिल्लो समय तराईका जिल्लाहरूमा आफ्नो सक्रियता बढाएका थिए। नवलपरासी प्रशासनले भने सुरक्षा संवेदनशीलता र आचारसंहिताको कडा पालना गराउनुपर्ने भन्दै कार्यक्रम रोक्नुपरेको संकेत गरेको छ।

यस निर्णयले रास्वपाका स्थानीय नेता–कार्यकर्ताहरूमा भने असन्तुष्ट देखिएका छन्। प्रशासनले अन्य दलका कार्यक्रमलाई के–कस्तो नीति अपनाएको छ भन्नेबारे भने थप स्पष्ट पारिएको छैन।

निर्वाचन आयोगले ४४ जिल्लाको मतपत्र छपाइ सकेर ढुवानीको तयारी गरिरहँदा राजनीतिक दलहरू भने अन्तिम चरणको प्रचारप्रसारमा होमिएका छन्। नवलपरासीमा कार्यक्रम रोकिएपछि लामिछानेको टोली अब सिधै चितवन जाने वा अन्य वैकल्पिक बाटो रोज्ने भन्नेबारे रास्वपाले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट