२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विश्वप्रकाश शर्मा चुनावी दौडाहामा: फागुन १ सम्म लुम्बिनीका जिल्लाहरूमा व्यस्त रहने

मंगलवार , माघ २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आगामी निर्वाचनको तयारीका लागि देशव्यापी चुनावी अभियानमा निस्किएका छन्। सोमबारदेखि सुरु भएको उनको विशेष सम्बोधन कार्यतालिका फागुन १ गतेसम्म जारी रहने पार्टी कार्यालयले जनाएको छ।

शर्माले सोमबार चितवन र पूर्वी नवलपरासीबाट आफ्नो चुनावी यात्राको सुरुवात गरेका छन्। चितवनको कार्यक्रम सकेर उनी सोमबार अपराह्न नवलपुर क्षेत्र नं. १ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए।

मंगलबारदेखि शर्मा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा केन्द्रित हुनेछन्। कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार शर्माले आज (मंगलबार) बिहान ११ बजे बाँकेमा जिल्लास्तरीय वृहत भेला र दिउँसो ३ बजे बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्नेछन्।

निर्वाचनको मुखमा पार्टीका उम्मेदवार र कार्यकर्तालाई उत्साहित बनाउन उपसभापति शर्माले यो साता लुम्बिनीका महत्वपूर्ण जिल्लाहरूको भ्रमण गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट