२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचनको संघारमा दोलखा कांग्रेसलाई धक्का, तरुण दलका क्षेत्रीय सभापति एमालेमा प्रवेश

बुधवार , माघ २८, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला दोलखामा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ । नेपाली कांग्रेस र तरुण दलका प्रभावशाली नेताहरू पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेहरूमा तरुण दल दोलखाका क्षेत्रीय सभापति काम सार्की शेर्पा, कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्य एवं मार्बु–७ का वडा सभापति राजेश श्रेष्ठ रहेका छन् । त्यसैगरी, गौरीशंकर–काठमाडौं सम्पर्क समितिका उपसभापति विक्रम श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरू पनि एमालेमा समाहित भएका छन् ।

नवप्रवेशी नेताहरूलाई नेकपा एमालेका शीर्ष नेतृत्वले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताएको छ । निर्वाचनको मुखमा प्रभावशाली स्थानीय नेता र जनप्रतिनिधि नै एमालेमा प्रवेश गरेपछि दोलखामा चुनावी समीकरण थप रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट