logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म जसले रणवीर सिंहलाई बनायो स्टार

    रणवीर कपुरले रिजेक्ट गरेका यी फिल्म जसले रणवीर सिंहलाई बनायो स्टार

    3.3K
    Shares

    एजेन्सीं । बलिउड अभिनेता रणवीर सिंह निखारिएको अभिनय र अभिनयप्रति उनको जोशले चर्चामा छन् । आज बलिउडका स्टार बनेका रणवीर सिंहले फिल्म ”ब्याण्ड बाजा बारत’मार्फत डेब्यू गरेका हुन् । तर, जुन फिल्मले उनलाई स्टार बनायो, ती फिल्म रणवीर कपुरले रिजेक्ट गरेका थिए । 

    यशराज ब्यानरमा बनेको ‘ब्याण्ड बाजा बारात’ पनि रणवीर कपुरको रिजेक्शनपछि नै रणवीर सिंहलाई अफर गरिएको थियो । त्यस्तै रणवीर सिंह र दीपिका पादुकोणले पहिलो पटक एकसाथ स्क्रिन शेयर गरेको फिल्म थियो ‘गोलियों की रास लीला: राम लीला’ । यही फिल्मबाट यो जोडीको प्रेम सम्बन्ध पनि सुरु भएको थियो । 

    निर्देशक सञ्जय लीला भंसालीको यो फिल्मले बक्स अफिसमा पनि राम्रो सफलता हात पार्यो । यो फिल्म पनि पहिले रणवीर कपुरलाई नै अफर गरिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । 

    यशराज ब्यानरकै अर्को फिल्म ‘बेफिक्रे’ पनि रणवीर कपुरले रिजेक्ट गरेका थिए । यद्यपी फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन भने गर्न सकेन । फिल्ममा रणवीर सिंहलाई फरक भुमिकामा देखाइएको थियो । 

    जोया अख्तरको निर्देशनमा बनको हिट फिल्म ‘गली बोइ’मा रणवीर सिंहको कामलाई निकै तारिफ मिलेको थियो । यो फिल्ममा रणवीर कपुरलाई सर्पोटिङ रोलमा अफर गरिएको थियो जसका कारण उनले रिजेक्ट गरे । 

    बलिउडमा ‘बाजिराव मस्तानी’, ‘पद्यावत’, ‘लुटेरा’, ‘सिम्बा’ जस्ता हिट फिल्म दिएका यिनै अभिनेता रणवीर सिंहको आज जन्मदिन । उनलाई जन्मदिनको शुभकामना ।   

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend