२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं मेडिकल कलेजले स्टार फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ को निःशुल्क उपचार गर्ने घोषणा

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं राष्ट्रिय गहनाको रूपमा परिचीत सावित्रा भण्डारी साम्बा पछिल्लो सात हप्तादेखि चोटिल रहेको तथा कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेकोप्रति केएमसीको गम्भीर ध्यानाकर्षण भएको भन्दै साम्बा नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड साम्बाले सोमबार अपरान्ह आफ्नो आधिकारिक फेसबुक पेज मार्फत पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा आफ्नो सम्पूर्ण व्यवस्थापन र सहयोग पुर्‍याएपनि यसपटक एन्फाले उपचारमा सहयोगको प्रयास मात्रै गर्न सक्ने भन्दै एन्फा अध्यक्षले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं अगाडि बढाउन भनेपछि साम्बाले सामाजिक सञ्जाल मार्फत आफ्नो उपचारका लागि ८० हजार हाराहारी अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकि थिइन् ।

सामाजिक सञ्जाल मार्फत साम्बाले अपिल गरेको केही घन्टामै काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत दाहालले आर्थिक अभावकै कारण राष्ट्रका गहनाले अत्यावश्यक स्वास्थ उपचार नपाउनु दुःखद भएको टिप्पणी गर्दै काठमाडौं मेडिकल कलेजमा साम्बाको घुँडाको जटिल शल्यक्रिया र ग्राफ्ट तथा एमसिएलको उपचार सम्भव रहेको उल्लेख गर्दै राष्ट्रका गहनाको चित्कारले आफूलाई विचलित बनाएको भन्दै निःशुल्क उपचारको घोषणा गरेका हुन् ।

काठमाडौँ मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व सांसद र नेपाली कांग्रेस मोरङ ३ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रमुख स्वामित्वमा रहेको संस्था हो। डाक्टर शर्माले सुदुर पूर्वदेखि सुदूरपश्चिमसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै उनीहरूको नोबेल अथवा काठमाडौँ मेडिकल कलेजमा निशुल्क उपचार गरेका छन् । डा.शर्माले नेपाली क्रिकेट टोलीलाई हालै २० लाख रुपैयाँ यसअघि पनि २० लाख गरि जम्मा ४० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् साथै निशुल्क उपचारको पनि घोषणा गरेका थिए ।

नेपाली राष्ट्रिय महिला टिमकै सबैभन्दा अब्बल र सफल फर्वाडको रूपमा आफूलाई दर्ज गरेकी साम्बाले आफ्नो स्वास्थ उपचारका लागि आफूले अभिभावक मानेको एन्फालाई आग्रह गर्दा क्लबका लागि खेल्दा चोट लागेको तर्क गर्दा आफू निराश भएको उल्लेख गर्दै यसबिचमा आफ्ना प्रतिनिधि मार्फत सरकारसँग समेत पहल गरेपनि सरकारी प्रक्रिया अपेक्षा अनुसार अगाडि नबढेकोमा असन्तुष्टि व्यक्त गर्दै सहयोगको अपिल गर्दै चोटमुक्त भएपछि देशका लागि शरप्रतिशत दिने प्रतिबद्धता समेत व्यक्त गरेकि थिइन् ।

राष्ट्रिय महिला फुटबल टिमको कप्तान जसले युरोपमा पुगेर देशको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचीत गराइन् उनको उपचारमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल सरकारले देखाएको उदासीनतालाई चुनौती दिंदै केएमसीले देखाएको उदारता र सहयोगको यतिबेला सामाजिक सञ्जालमा प्रशंसा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ