logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • तेस्रो बच्चाको कल्पना गर्दै करिनाले सार्वजनिक गरिन् यस्तो तस्बिर

    तेस्रो बच्चाको कल्पना गर्दै करिनाले सार्वजनिक गरिन् यस्तो तस्बिर

    3.7K
    Shares

    बलिउड अभिनेत्री करिना कपूरले आफ्नो गर्भावस्थाको अनुभव समेटिएको पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा गर्भावस्थाको शारीरिक र मानसिक अनुभव समेटिएको उनले बताएकी छन् । आफ्नो पुस्तकलाई ‘तेस्रो बच्चा’को संज्ञा दिएकी उनले भनिन्, ‘कैयौं अर्थमा यो पुस्तक मेरो तेस्रो बच्चाजस्तै हो । कन्सेप्ट आइडियादेखि लिएर पुस्तक प्रकाशनसम्मको यात्रालाई म गर्भावस्थाको नाम नै दिन्छु ।’

    सुरुमा उनले दर्शक र समर्थकलाई झुक्याउने गरी इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा गर्भावस्थाको प्रसंग छ । ‘सोनोग्राफी’को तस्वीरसँगै लेखिन्, ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’

    Karena Kapoor.JPG

    उनको यो तस्वीर देखेपछि समर्थकहरूले करिना तेस्रो पल्ट आमा बन्न लागेको अनुमान गरेका थिए । तर केही समयमै उनले भिडियोसहित सन्देश लेखिन् । यसले उनी गर्भवती भएको नभई गर्भावस्थामा उनले भोगेका विषय समेटिएको पुस्ताक भएको जानकारी दिएको छ । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Kareena Kapoor Khan (@kareenakapoorkhan)

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend