२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं-१ का चर्चित उम्मेदवार : कसको सम्भावना बलियो ?

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण स्थान रहेको क्षेत्र नम्बर १ का सबै उम्मेदवारले आआफ्नो जित हुने दाबी गर्दै आएका छन्। कांग्रेसका प्रबल थापाले आफूले युवाको भावना प्रतिनिधित्व गर्ने र स्थानीय भएकाले यहाँका मुद्दा प्रभावकारी रुपमा उठान गर्न सक्ने बताइरहेका छन् भने रवीन्द्र मिश्रले आफूलाई यस पटक जिताइदिन आग्रह गरिरहेका छन् । रञ्जु दर्शनाले पनि अघिल्ला दुई निर्वाचनमा पराजित भए पनि यसपटक आफूलाई मत दिन अपिल गरिरहेकी छिन् । त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीबाट मेनुका थापा र नेकपा ९एमाले०बाट मोहनराज थापा पनि यसै क्षेत्रबाट प्रतिष्पर्धामा छन् ।

रवीन्द्र मिश्र

रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तेस्रो पटक काठमाडौँ–१ मा उम्मेदवार बनेका छन् । यसअघि दुई निर्वाचनमा उनी प्रकाशमान सिंहसँग पराजित भएका थिए । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका मिश्रको स्थायी ठेगाना ललितपुर हो र मतदाता पनि ललितपुरकै हुन् । साझा पार्टी हुँदै विवेकशील साझा पार्टीमा पुगेका उनले पछि राप्रपामा प्रवेश गरेका थिए । गणतान्त्रिक धारबाट राजावादी धारतर्फको उनको यात्राले वैचारिक स्थिरतामाथि प्रश्न उठ्ने गरेको छ । हरेक पटक काठमाडौँ–१ बाट उम्मेदवारी दिए पनि निर्वाचनपछि स्थानीयसँग निरन्तर सम्पर्कमा नरहको आरोप उनीमाथि लाग्ने गरेको छ ।

रञ्जु दर्शना

रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छिन् । वैकल्पिक राजनीतिबाट उदाएकी उनी २०७४ सालमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–५ बाट उम्मेदवारी दिँदा जमानत जफत भएपछि यसपटक काठमाडौँ–१ रोजेको आरोप विपक्षीले लगाएका छन् । विवेकशील पार्टी हुँदै विवेकशील साझा र हाल राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उनको राजनीतिक यात्रालाई लिएर वैचारिक स्थिरतामाथि प्रश्न उठ्ने गरेका छन् । रास्वपाको समानुपातिक सूचीमा नाम समावेश भएपछि आलोचना बढेपछि उनले नाम फिर्ता लिएर प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेकी थिइन् । सुशासन र भ्रष्टाचारविरोधी एजेण्डा प्रस्तुत गरे पनि ठोस कार्यान्वयन योजना स्पष्ट नभएको आरोपसमेत लाग्ने गरेको छ ।

प्रबल थापा

प्रबल थापा नेपाली कांग्रेसका उम्मेदवार हुन् । सातौँ पुस्तादेखि काठमाडौँ–१ मा बसोबास गर्दै आएका थापाले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । अष्ट्रेलियाबाट एमबीए अध्ययन पूरा गरी स्वदेश फर्किएको उनले शिक्षा, रोजगारी र विकासलाई प्राथमिक एजेण्डा बनाएका छन् । भूकम्पका बेला आफ्नै घरमा ७० परिवारलाई आश्रय दिएको तथा कोरोना महामारीका समयमा पनि स्थानीयसँगै उभिएका उनी युवा पुस्तासँग घुलमिल हुँदै संगठन निर्माणमा सक्रिय छन् ।

मेनुका भण्डारी

मेनुका भण्डारी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेकी छन् । युवा तथा महिला प्रतिनिधित्वका रूपमा आफूलाई प्रस्तुत गरेकी भण्डारीले नागरिकसँग प्रत्यक्ष संवादमार्फत एजेण्डा निर्माण गर्ने अभ्यासलाई प्राथमिकता दिएको बताएकी छन् । पार्टीको केन्द्रीय सदस्य रहेकाले नीतिगत तहसम्म पहुँच रहेको उनको दाबी छ ।

मोहनराज रेग्मी

मोहनराज रेग्मी नेकपा एमालेका उम्मेदवार हुन् । स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका रेग्मीले एमालेको संगठनात्मक समर्थन र पार्टी अनुभवलाई आफ्नो बलको रूपमा प्रस्तुत गरेका छन् । राजनीतिक शुद्धीकरण र विकासका स्पष्ट एजेण्डा लिएर आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट