२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देशमा रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कुरामा जोड दिन्छु : सुर्यबहादुर थापा [भिडियोसहित]

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–२ का उम्मेदवार सुर्यबहादुर थापाले देशमा रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कुरामा जोड दिने बताएका छन् ।

सुनौलो नेपालको निर्वाचन विशेष बहस कार्यक्रम ‘अब तपाई किन ?’ मा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले देशमा स्वरोजगार सिर्जना गर्ने र स्वदेशमै बसेर पैसा कमाउने वाताबरण कसरी बनाउने ? भन्ने कुरामा आफूले विशेष पहल गर्ने बताए । उनले यसका लागि कृर्षि, पशुपालन, फलफुल खेतीमा परिवर्तन गरेर स्वरोजगारी बढाउन सकिने बताए ।

त्यस्तै, उनले विदेशमा रहेका युवालाई स्वदेश फर्काउनका लागि प्रेरणादायक कार्यक्रम ल्याउन पहल गर्ने बताए । उनले रोजगारी सिर्जना गर्न नसक्नुले पनि युवाहरुमा देश र नेताप्रति आक्रोश बढेको बताए । भदौ २३–२४ को जेनजी आन्दोलनको कारण त्यो पनि भएको बताए । देशमा रोजगारी नहुँदा युवाहरु विदेशीनु परेको र त्यही कारण युवाहरुमा देशप्रति घृणा बढेको उनले बताए ।

भिडियो :

https://youtu.be/QwE2CykYPDw

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट