काठमाडौं । चर्चित पूर्व सञ्चारकर्मी, आम जनता पार्टीका नेता तथा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ का उम्मेदवार ऋषि धमलाले नेता भनेको देश र जनताको हुनुपर्ने उनले बताए ।
सुनौलो नेपालको निर्वाचन विशेष बहस कार्यक्रम ‘अब तपाई किन ?’ मा बोल्दै उनले नेताले देशका लागि काम गर्नुपर्ने र पार्टी भनेको राजनीति गर्ने माध्यम मात्र भएको बताए ।
त्यस्तै, उनले शिक्षामा सुधार ल्याउने आफ्नो प्रमुख एजेण्डा भएको बताए । उनले अंरेजी र कम्युटर शिक्षा आजको आवस्यकता भईसकेको भन्दै विद्यार्थिलाई त्यो शिक्षा दिन नसके उनीहरुको प्रगति हुन नसक्ने बताए । रौतहट स्वास्थ्य, शिक्षा, विवेदमा अत्यन्तै पिछडीएको र यहाँ धेरै समस्या भएका कारण समाज बदल्नुपर्छ र देश बनाउनुपर्छ भन्ने सोचका साथ आफूले यहाँबाट उम्मेदवारी दिएको बताए ।
उनले मन्त्री, प्रधानमन्त्री बन्न मात्रै राजनीति गर्नु नपर्ने बताए । उनले भने, ‘मन्त्री, प्रधानमन्त्री बन्न राजनीति गर्ने होइन । समाज बदल्न, देश बदल्न, विकाश गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न राजनीति गर्ने हो । मान्छेले पद त्याग गर्न सक्नुपर्छ । म पदका लागि राजनीतिमा आएको होइन । म यहाँको व्यापक रुपमा संरचना परिवर्तन गर्न, यहाँको भ्रष्टीकरणलाई अन्त्य गरेर सुशासन कायम गर्न आएको हो ।’
उनले आफूले बिना पद पनि समाज र देश परिवर्तन गर्न सक्ने उनले बताए । उनले रोजगारी सिर्जना गर्न बन्द भएका उद्योगलाई खोल्न पहल गर्ने बताए ।
पूरा भिडियो हेर्नुहाेस् :
https://youtu.be/m6qiNRfvCsA
प्रतिक्रिया दिनुहोस