काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउसो ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको हो ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति हुन्छन् । उक्त बैठकमा निर्वाचन तयारी र सुरक्षाबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस