आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

हत्या भएकाे ३८ दिनपछि सुजिताको शव शौचालयको ट्याङकीमा भेटियो

हत्या भएकाे ३८ दिनपछि सुजिताको शव शौचालयको ट्याङकीमा भेटियो

महोत्तरी। हत्या भएकाे ३८ दिनपछि महोत्तरीकी सुजिता ठाकुरको शव भेटिएको छ।

जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीकी सुजिताकाे शव प्रदेश २ प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीले शौचालयको ट्याङ्कीबाट निकालेको हो ।

यसअघि असार १३ गते सुजिताले लगाएको लुगासहित शरीरका अवशेष शव भेटिएको स्थानबाट करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

उनको जेठ २० गते परिवारकै सदस्यले हत्या गरेकाे आरोप लागेको छ । सुजिताको हत्याबारे उनकै पाँच वर्षिय छोराले खुलासा गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

सुजिताको हत्या आरोपमा प्रहरीले श्रीमान मुकेश ठाकुर र देवर रूपेशलाई त्यही दिन पक्राउ गरेको छ । सुजिताकी सासू, ससुरा पतिराम र देउरानी रोमा भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend