२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङमा 'घण्टी'को दबदबा: क्षेत्र नं. १, ४ र ५ मा रास्वपाका उम्मेदवारहरूको सुरुवाती अग्रता

शुक्रवार , फाल्गुण २२, २०८२

मोरङ । मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ।

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गरेका छन्। उनले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गरेकी छिन्। यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका छन । अन्य ३ क्षेत्रमा अहिले बिहान देखि गणना सुरु गरिने जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट