मोरङ । मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य निर्वाचित भएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ६ ले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का विनोदप्रसाद ढकालले ८ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले २ हजार ९० मत प्राप्त गरेका छन् ।
सो निर्वाचन क्षेत्रमा कुल १ लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो। उक्त क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा १७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया दिनुहोस