तनहुँ । तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । हालसम्म ५३ हजार ५७८ मत गणना भइसकेको छ र १४ हजार मत बाँकी छ । उनी १७ हजार ११३ मतान्तरले अगाडि छन् ।
स्वर्णिम वाग्लेले ३० हजार ५ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७, नेकपा (एमाले) की भगवती न्यौपानेले ४ हजार १८, र नेपाल कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार १२५ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पार्टीकी मञ्जिल रानाले ४११, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा कुल १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस