२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन-३ मा रास्वपाकी गौतम भारी मतले विजयी

शनिवार , फाल्गुण २३, २०८२

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोविता गौतम विजयी भएकी छिन्। उनले ५९ हजार २७७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले) का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गरे ।

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट