चितवन । प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ मा पराजित भएपछि नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आफूले मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।
शनिबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् । भरतपुर महानगरको मेयरबाट राजीनामा दिएर चुनावमा होमिएकी उनले भरतपुरको विकासमा ९ वर्ष समर्पित गरेर मन जिते पनि मत जित्न नसकेको बताइन् ।
चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन् । उनले ५९ हजार २ सय ७७ मत प्राप्त गरेकी छिन् । नेकपाकी रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस