काठमाडौं । अछाम १ मा कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् ।
उनले निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भीम रावलले १० हजार २३३ मत पाए । रावल ५२६ मतले पराजित भएका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस