२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ, जनताको भरोसालाई टुट्न दिन्नौँ : उपसभापति डा वाग्ले

शनिवार , फाल्गुण २३, २०८२

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए ।

डा वाग्लेले भने, “जिम्मेवारी ठूलो छ । तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाठ विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन । यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट