२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाहकाे शानदार विजयी, केपी ओली पराजित

शनिवार , फाल्गुण २३, २०८२

भद्रपुर (झापा) । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरे ।

यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट