पाल्पा । पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेपाली कांग्रेसका युवा नेता ३८ वर्षिय सन्दिप राना विजयउन्मुख देखिएका छन् ।
अहिलेसम्मको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राना अग्रस्थानमा रहेका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण आचार्य भन्दा १५ सय बढी मतले अगाडि छन् ।
रापपुर नगरपालिकाको २ ओटा वडा ९ र १० मात्रै गन्न बाँकी रहँदा उनी १५ सय भन्दा बढी मतले अगाडि छन् । मत गन्न बाँकी रहेको उनको गृहनगरसमेत भएकाले उनको जित निश्चित बनेको छ ।
पाल्पा १ मा परम्परागत एमालेको किल्ला भत्काउँदै कांग्रेसका राना विजयउन्मुख देखिएका हुन् । यस क्षेत्रमा २०४८ साल यताका सबै संसदीय निर्वाचनहरुमा नेकपा एमालेले जित्दै आएको थियो । यससँगै युवा नेता राना एमालेको किल्ला भत्काउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस