२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाको वर्चस्व: १०० क्षेत्रमा जित, २५ मा अग्रता

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १०० निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । आज बिहान ६ः१५ बजेसम्मको नतिजाअनुसार रास्वपाका उम्मेदवारहरू थप २५ निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हात पारेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमाले ७ क्षेत्रमा विजयी हुँदा ४ स्थानमा अग्रता लिइरहेको छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट ६ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता रहेको आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ उम्मेदवार अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १० लाख ४६ हजार मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३ लाख ४७ हजार, नेकपा एमालेले २ लाख ७५ हजार र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २१ हजार मत प्राप्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट