काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ १० लाख मत पार गरेको छ ।
करिब २० लाख मत गणना भइसक्दा रास्वपाले यो उपलब्धि हासिल गरेको हो । हालसम्म १९ लाख ७९ हजार १८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७३२, नेकपा एमालेले २ लाख ६९ हजार ७० र नेकपाले १ लाख १८ हजार ९२० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७३ हजार १८१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ४२ हजार ७८७ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६२४ मत प्राप्त गरेको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले १३ हजार ६८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १२१, जनमत पार्टीले ८ हजार ६०३ मत पाएका छन् ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५२५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस