२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रतिनिधिसभा निर्वाचन: खोटाङमा श्रम संस्कृति पार्टीको खाता खुल्यो

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै उक्त पार्टीले पहिलो जित हात पारेको हो ।

राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट