सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यस्तै नेकपा (एमाले)का रामशंकर यादवले ७ हजार ८८६ मत प्राप्त गरेका छन् भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस