काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार नेपाल प्रहरीका पूर्व एआइजीसमेत रहेका पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)की अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार उद्धवकुमार राईले ३ हजार ८५८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस