२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पुराना दलका पदाधिकारी को–को भए पराजित ?

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ ।

यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेसँगै यो निर्वाचन गरिएको हो ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा मुलुकभर जनलहर देखिएको छ । रास्वपा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन)लाई पार्टीको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाई निर्वाचनमा होमिएको थियो ।

त्यस्तै, संसदीय अभ्यासमा अनुभवी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल र अधिकांश शीर्ष नेता भने यस निर्वाचनमा पराजित भएका छन् ।

निर्वाचन आयोगको पछिल्लो गणनाअनुसार रास्वपाको पक्षमा प्रत्यक्ष र समानुपातिकमा झन्डै दुई तिहाइ मत प्रकट भएको देखिन्छ । यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ११९ क्षेत्रमा जित हासिल गरिसकेको छ ।

त्यस्तै, समानुपातिकतर्फ रास्वपाले २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ ।

यसैगरी, हालसम्म प्रत्यक्षतर्फ कांग्रेसले १७, एमालेले सात, नेकपाले सात र श्रम संस्कृति पार्टी तीन र राप्रपाले एक स्थानमा जित हासिल गरेका छन् ।

शीर्ष नेताहरू को को पराजित भए ?

लामो संसदीय अभ्यास रहेको र अघिल्लो प्रतिनिधिसभा सदस्यमा सबैभन्दा ठूलो दल कांग्रेस यस निर्वाचनमा निकै पछि परेको छ । कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहमन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही पराजित भएका छन् ।

त्यस्तै, वरिष्ठ नेताहरू डा शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेताहरू पनि पराजित भएका छन् ।

त्यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र डा राजन भट्टराई पराजित भएका छन् ।

त्यस्तै, वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे, प्रदीपकुमार ज्ञवालीलगायत पनि पराजित भएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजयी भए । उनको दलका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे, शक्ति बस्नेतलगायत नेताहरू पनि पराजित भएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता कमल थापालगायत पराजित भएका छन् । विसं २०४८ देखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी पनि यस निर्वाचनमा संसदीय यात्राबाट बाहिरिने भएको छ । सो पार्टीका नेता प्रेम सुवाललगायत कुनै पनि उम्मेदवारले निर्वाचनमा सफलता हासिल गर्न सकेनन् ।

विसं २०६४ को मधेस आन्दोलनपछि उदाएका मधेसवादी दल र तिनका शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट