२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचनमा पार्टीको पराजयपछि राजीनामा दिने तयारीमा सभापति थापा

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिने बताएका छन् । सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको छलफलमा सभापति थापाले आफूले पदबाट राजीनामा दिने बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएका बेला उनले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेका हुन् । तर, उपसभापति शर्माले भने अहिले राजीनामा नगर्न सुझाव दिएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए ।

नयाँ बानेश्वरमा साँझदेखि सुरु भएको दुई शीर्ष नेताबीचको छलफल अहिले पनि जारी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट