काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ ।
अहिलेसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । रास्वपाले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ। रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको हो ।
त्यस्तै, १६ लाख ९५ हजार २६६ मत प्राप्त गर्दै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेकपा एमालेले १४ लाख १३ हजार ६९ मत प्राप्त गरेको छ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६८ हजार ३२७, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३७५ मत प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस