२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मधेश केन्द्रित दल बालेन केन्द्रित भए : पूर्ण बस्नेत

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले निर्वाचनमा हारको नैतिक जिम्मेवारी नलिने नेतृत्वले अबको राजनीति थेग्न नसक्ने बताएका छ्न् ।

शुक्रबार निर्वाचन सम्पन्नपश्चात बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकको तस्बिर साझा गर्दै बस्नेतले मधेश केन्द्रित दल बालेन केन्द्रित भए भन्दै उक्त टिप्पणी गरेका हुन् ।

निर्वाचनको समीक्षा नगरी बालेनलाई बधाई दिने काममा केन्द्रित भएको भन्दै बस्नेतले अब आत्मरती, लघुताभास र संकीर्णताले राजनीतिक नेतृत्व धान्न अवस्था नरहेको बताएका हुन् ।’

उनले भने, बालेनको जीतलाई महत्वपूर्ण राजनीतिक उपलब्धी ठान्दै मोर्चाले आफ्नो शर्मनाक हारबारे समीक्षा गर्न आवश्यक नरहेको निष्कर्ष निकालेछ । मधेस केन्द्रित दल अब बालेन केन्द्रित भए ।’

तत्कालीन मेयर बालेन साह नेतृत्वको काठमाडाैं महानगरपालिकाले कवाडी व्यवसायीमाथि कुटपीट, धरपकड, सामान जफत र संरचना भत्काउँने काम गर्दा महानगरअन्तर्गतका सुकुम्बासी बस्तीमा डोजर लगाई मानव बस्तीमा राज्य आतंक मच्चाउँदा र फुटपात व्यवसायीलाई विकल्प नदिई हटाउँदा त्यसको विरोध गर्ने यिनै मधेश केन्द्रित दल भएपनि आज बालेनको उक्त कार्यको विरोध गर्ने तिनै मधेसकेन्द्रित दलहरु उनै बालेनको कारण पत्तासाफ हुने स्थितिमा पुगे ।

बालेन अरुभन्दा कम हानिकारक छन् भन्ने नै यसपटक जनताले निर्वाचनमार्फत दिएको सन्देश भएको उनको धारणा छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट