२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इनिशा बिक हत्या प्रकरण : दोषिलाई कडा कारवाहीको माग गर्दै काठमाडौंमा युवाहरुको विरोध प्रदर्शन

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कडा कारवाहीको माग गर्दै युवाहरुले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानविन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दिने कानून बनाउन माग गरेका छन् ।

त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नारावाजी गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ