२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मन्त्रीहरुबारे पार्टीले कुनै निर्णय गरेको छैन : प्रवक्ता झा

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अब बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताएका हुन् । उनले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरे पश्चात मात्रै सरकार गठन र मन्त्री चयनका बिषयमा छलफल हुने स्पष्ट पारे ।

प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने धारणा राखे ।

उनले जनताले दिएको मतलाई सम्बोधन हुने गरी रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट