काठमाडौं । श्रम संंस्कृति पार्टीको आज धरानमा बसेको बैठकले समानुपातिक सांसदको टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन् ।
जसमा आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन् ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस