काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले समानुपातिक सांसदको टुंगो लगाएको हो ।
जसमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।
राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस