काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक सांसदमा २० जनाको नाम टुङ्ग्याएको छ ।
आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
जसमा आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए ।
ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने छ ।
प्रतिक्रिया दिनुहोस