२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमालेले टुंगो लगायो समानुपातिक सांसद

आइतवार , चैत्र १, २०८२

 

काठमाडौँ । नेकपा एमालेले समानुपातिकमा १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ । सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको हो ।

एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ ।

त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ ।

पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट