काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ । नेकपाले आइतबार समानुपातिकतर्फका ९ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।
जसमा ५ जना पुरूष र ४ महिलाको नाम रहेको छ । पार्टीले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई सिफारिस गरेको छ ।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ९ सिट जितेको हो ।
प्रतिक्रिया दिनुहोस