काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मनोनीतका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पद मध्ये एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस