२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग महामन्त्री पौडेलको माग

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ र २४ को घटनाको छानविन रहेकाले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशंका र उपशंका जन्मिएको बताए ।

पौडेलले भदौ २३ र २४ गतेको घटनामा आयोगले गहिराइमा पुगेर छानविन गरेको विश्वास व्यक्त गर्दै छानविन गर्दा दोर्षि देखिएकालाई कारवाही गर्नुपर्ने धारणा राखे । उनले प्रतिवेदनका बिषयमा अनुमान गर्ने परिस्थीति नवनाउन आग्रह समेत गरे ।

त्यसैगरि महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासनका साथै विद्यमान कानूनहरुलाई संशोधन गर्नका लागि नयाँ बन्ने सरकारलाई पूर्णरुपमा सहयोग हुने बताए ।

उनले लिपुलेक, लिम्पियाधुराका बिषयमा राज्यले कूटनीतिक प्रयास गरेर दिर्घकालीन रुपमा नै समाधान खोज्नुपर्ने धारणा समेत राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट