२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पार्टीको १५ औं महाधिवेशन आगामी असोजमा गर्ने कांग्रेसको निर्णय

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो ।

महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्र्दै यसका लािग बरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए । त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरिएको बताए ।

बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट