२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्याग्दीको दरवाङ–तमानखोला सडक स्तरोन्नति १६ वर्षपछि सुरु, असारभित्रै सक्ने लक्ष्य

बिहिवार , चैत्र १२, २०८२

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ ।

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधी चक्रलाल पाण्डेले बताए ।

हाल तीन दशमलब पाँच देखि चार मिटर चौडाई भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भैरहेको छ । फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावीयन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण ब्यवसायी पाण्डेले बताए ।

मालिका गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुख दिपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घनमिटर भित्ता काट्ने, चार सय ४५ घनमिटर ग्यावीयन जालीको पर्खाल, दुई सय ५४ घनमिटर नाली, दुई सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ ।

यसअघिको बर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ति सम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ