काठमाडौं । नवनिर्वाचित सांसदहरू शपथका लागि संसद बैठक सुरु भएको छ ।
सांसदहरू शपथका लागि हलमा पुगेका छन् ।
उनीहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुन लागेकाे हाे ।
प्रतिक्रिया दिनुहोस