काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले दिएको मतको सम्मान गर्दै काम गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले धेरै मेहनत गरेर देश र जनताका लागि काम गर्ने बताएकी हुन् । उनले ठूलो जिम्मेवारीका साथै जनताले रास्वपालाई ऐतिहासिक जिम्मेवारी दिएको धारणा राखिन् ।
रास्वपाका सबै सांसदहरुले जिम्मेवारीबोध गरेकाले मेहनत गरेर काम गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस