काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ । त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक हुने रास्वपाले जनाएको छ ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालयमा पुग्ने क्रम जारी छ ।
बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस