२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भ्रष्टाचारका बिभिन्न प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिन नयाँ सरकारलाई कांग्रेसको सुझाव

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी बिभिन्न प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि बिभिन्न भ्रष्टाचार प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएका हुन् ।

बिभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसँग जोड्ने र जनमत प्रभावित पार्ने बिषय बनाउन नहुने उनले बताए । प्रवक्ता चालिसेले संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिँदै पार्टीको संशोधित विधानले सांसदहरुको प्रस्तुती र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गरे । त्यस्तै उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राखे ।

कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरेपनि विस्तृत धारणा सार्वजनिक हुने उनको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष बिपक्ष भन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले पार्टीभित्र केहि मत–मतान्तर भएपनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट