२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँ : सांसद थकाली

बिहिवार , चैत्र १२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताएका छन् ।

सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि बोल्दै सांसद थकालीले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको उल्लेख गरे । सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

“हिजोको कमी कमजोरीलाई स्वीकारेर थप परिष्कृत ढङ्गले एउटा असल जनप्रतिनिधि बन्ने प्रयासको क्रममा मैले मेरो तर्फबाट जति पनि योगदान दिन सक्छु, सबै विधि विधायनको प्रक्रियामा होस्, चाहे जिल्लाको र समग्र राष्ट्रकै साझा चुनौती र अवसरको विषयमा होस्, मेरो तर्फबाट भरपुर मेहनत हुनेछ”, सांसद थकालीले भने ।

यो ऐतिहासिक क्षणमा अझ थप जिम्मेवार बोध र जुन साझा चुनौती तथा अवसरलाई अझ पेचिलो ढङ्गले जिम्मेवारी बोध गरेको सांसद थकालीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट