२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपतिबाट बालेन शाह प्रधानमन्त्रीमा नियुक्त, पहिलोपटक धारा ७६ (१) को प्रयोग

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधि सभामा १८२ सिटको स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपतिले उनलाई सरकारको नेतृत्व सुम्पिएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । २०७२ मा नयाँ संविधान जारी भएयता यो धारा प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलो अवसर हो । यसअघिका सबै सरकारहरू मिलिजुली (गठबन्धन) बनेका कारण धारा ७६ को उपधारा (२) अनुसार नियुक्त हुँदै आएका थिए ।

३५ वर्षीय बालेन शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरको र मधेशी मूलको पहिलो प्रधानमन्त्री बनेका छन् । काठमाडौँको सफल मेयरको कार्यकालपछि रास्वपामा प्रवेश गरी उनले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण कार्यक्रम आजै शीतल निवासमा विशेष समारोहबीच सम्पन्न हुनेछ । लगत्तै उनले सिंहदरबार पुगेर आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । रास्वपाले १८२ सिट जितेर दुई(तिहाइ नजिकको बहुमत हासिल गरेसँगै मुलुकमा लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट