काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए ।
राष्ट्रपति पौडेलले १५ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
जसमा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल,स्वास्थ्य मन्त्री निशा मेहता, सञ्चारमन्त्री विक्रम तिमल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानूनमन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादी नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस