काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्रसहितको मन्त्रीमण्डललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
त्यस्तै, उनले वर्तमान सरकारलाई विभिन्न सुझावहरू पनि दिएका छन् ।
यस्ता छन् सुझावहरू :
– सत्ता भागबन्डाको साधन होइन, समस्या समाधानको माध्यम बनोस्।
– संसद् सत्ता सङ्घर्ष होइन, भुइँमान्छेको आवाज र नीति निर्माणको प्रभावकारी थलो बनोस्।
– प्राकृतिक स्रोत–साधन जनसमृद्धिको आधार बनोस्।
– शिक्षा प्रमाणपत्र होइन, अनुसन्धान, कौशल र रोजगारीको ढोका बनोस्-नेपाल शिक्षा-स्वास्थ्यको हब बनोस्।
– कहिल्यै नसकिने योजनाको अन्त्य होस्, समयसीमा, जिम्मेवारी र जवाफदेहिता कडाइका साथ लागू होस्।
– युवाले देशमै भविष्य देखुन्स रित्तिएका घरहरू फेरि हाँसोले भरिउन ।
– विचौलिया र बाँदरबाट पीडित किसानले न्याय पाउन अनुदान, मल, बीउ, बजार र मूल्य सुनिश्चित होस्।
– सुशासन नारा होइन, व्यवहार बनोस्, पारदर्शिता घोषणा होइन, संस्कृति बनोस्।
– गलत र असक्षमलाई जिम्मेवारी दिनु स्वयं भ्रष्टाचार हो यो मान्यता दृढ बनोस्।
– सीमित राजस्वबाट विकासका लागि संरचना साना र खर्च कटौती, प्राथमिकता र उत्तरदायी बजेट अनिवार्य होस्।
– ‘म’को अहङ्कार हारोस्, ‘हामी’ को जिम्मेवारी बलियो बनोस्।
– नेपालको सुरक्षा, अस्तित्व र प्रजातन्त्रका लागि भएका विगतका त्याग र समर्पणप्रति सधैँ सम्मान रहोस्।
प्रतिक्रिया दिनुहोस